काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र सिन्धुपाल्चोक भैरवकुण्ड रहेको जनाएको छ । भूकम्प ६.१ रेक्टर स्केलको रहेको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ ।
त्यसयता निरन्तर पराकम्पनहरु आएको भूकम्पविद् भरत कोइरालाले बताए । उनका अनुसार बिहान साढे ७ बजेसम्म साढे चार घण्टाको अवधिमा २४ वटा पराकम्पन आएका थिए ।
उनले पराकम्पन साना भएकाले वेबसाइटमा उल्लेख नगरिएको बताए । उनका अनुसार २।३ रेक्टर स्केलदेखि ३।८ रेक्टर स्केलसम्मका २४ पराकम्पन आएका हुन् ।
उनले साना साना पराकम्पन नियमित आउने भए पनि साढे ७ बजेपछि बिहान ९ः१५ बजेसम्म भने साना पराकम्पन एउटा पनि नआएको बताए ।












प्रतिक्रिया दिनुहोस्