कर्णाली उत्सव आजबाट वीरेन्द्रनगरको सिटीहलमा सञ्चालन हुदै

होस्ट खबर ५ फाल्गुन २०८१, सोमबार
1 Min Read
Aa

सुर्खेत : कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव ‘कुडा कर्नाली’ छैटौँ संस्करण आजबाट सुरु हुने भएको छ । विगत पाँच वर्षदेखि ऋति फाउण्डेसनले कर्णाली उत्सव बुलबुलेमा सञ्चालन गर्दै आएको थियो । यस वर्षको छैटौँ संस्करण कर्णाली उत्सव वीरेन्द्रनगरको सिटी हलमा सुरु हुने छ ।

तीन दिनसम्म चल्ने उत्सवमा कर्णाली प्रदेशको पहिचान र सम्भावना केलाउन यस्तो प्रयास थालिएको आयोजकले जनाएको छ । परम्परागत रूपमा हुने कचहरी वा बैठकको आधुनिक रूपमा कर्णाली उत्सव कर्णाली उत्सवको माध्यमबाट हामी कर्णालीमा सार्वजनिक बहसको शृङ्खला थालनी गरेको कर्णाली उत्सवमा विषयवस्तु निर्माणकर्ता प्रकाश लामिछानेले बताए ।

‘समाजमा खुला र लोकतान्त्रिक बहसलाई संस्कारको रूपमा विकास गर्न सघाउने कर्णाली उत्सवका संयोजक कमल लम्सालले बताए । सबैलाई थाहा भएकै कुरा हो । कुनै पनि कामको सुरुवात बिचारबाटै हुन्छ । हामी त्यही विचारबाट प्रेरित छौँ,’ उनले भने,‘ कार्यक्रमको खर्च तथा आम्दानी विवरण सार्वजनिक गर्दै आएको ऋति फाउण्डेसनले यस वर्ष पनि पारदर्शी रूपमा उत्सव सम्पन्न गरिने जनाएको छ। तीन दिनसम्म चल्ने उत्सवमा विभिन्न विषयमा मन्थन हुने छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्