नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको बस चितवनमा पल्टिँदा २३ जना घाइते

होस्ट खबर २७ माघ २०८१, आईतवार
1 Min Read
Aa

काठमाण्डौ : नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभानमा आज बिहान ४ः३० बजे बस पुलबाट खसेर दुर्घटना भएको छन्।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन्। बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएका हुन्। ‘घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएको छ,’ भन्डारीले भनिन्।

बसमा सवार अन्य यात्रु भने सकुशल छन्। ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले बताइन्।

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अरू यात्रु सकुशल छन् । टायर पञ्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्