काठमाडौँ : सामाजिक सञ्जाललाई मर्यादित र सुरक्षित बनाउन भन्दै सरकारले ल्याएको विधेयकविरुद्ध सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरहरूले आवाज उठाइरहेका छन् । केही दिनयता ‘बोल्न दे सरकार’ अभियान नै चलाएर उनीहरूले विधेयकको विरोध गर्दै आएका हुन् ।

सामाजिक सञ्जालका विभिन्न ग्रुप र पेजहरूमार्फत प्रयोगकर्ता र क्रिएटरहरूले पनि विधेयकका कतिपय व्यवस्था आपत्तिजनक भएको टिप्पणी गरेका छन् । फेसबुकमा रहेका एनसीए नेपाल, पेन्टेस्टर नेपालजस्ता सूचना प्रविधिसम्बन्धी युवाहरूको समूहले ‘हाम्रो अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्र ह्याक्ड भयो’ भन्दै विधेयकको विरोधमा विभिन्न पोस्ट गरिरहेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माघ १५ मा संसदको राष्ट्रिय सभामा दर्ता गराएका थिए । सामाजिक सञ्जालले अराजकता फैलाएको भन्दै मन्त्रालयमा गुनासो आउने गरेको र त्यसैलाई ध्यानमा राख्दै सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमनका लागि विधेयक ल्याउन लागेको गुरुङले बताउने गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्