भेरी नदीमा बेपत्ता दुईमध्ये एकको शव भेटियो, अर्काको खोजी जारी

होस्ट खबर २५ माघ २०८१, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणका क्रममा खसेर बेपत्ता भएकामध्ये एक जना मृत अवस्थामा फेला परेका छन् ।

झोलुंगे पुलको लठ्ठा बाँध्ने क्रममा भेरी नदीमा खसेर बेपत्ता भएका एकजनाको शव भेटिएको छ । बिहीबार दिउँसो सशस्त्र प्रहरीको गोताखोर टोलीले २४ वर्षीय अनिल घर्तीको शव भेटाएको हो । सशस्त्र प्रहरी बल नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतको गोताखोर टोलीले उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

शव नदीको झण्डै ४० फिट गहिराइमा अड्किएको अवस्थामा फेला परेको हो । उनीसँगै भेरीमा खसेर बेपत्ता भएका १८ वर्षीय अर्जुन झाँक्रीमगरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । दुवै जना रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ का हुन् ।

भेरी नदीमा बेपत्ता भएका दुवै जनाको खोजीका लागि नम्बर ६ महेश्वरी बाहिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक राम खत्रीसहितको टोली घटनास्थलमा छ । बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निमार्णाधीन झोलुंगे पुलको जाली लगाउने बेला लठ्ठाले हुत्याएपछि बुधबार उनीहरु नदीमा खसेका हुन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्