सुर्खेतमा बस र मिनी ट्रक ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते

होस्ट खबर १८ माघ २०८१, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतको भेरी पुल नाजिकै दुर्घटना भएको छ । दुर्घटना हुदा बस र मिनी ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु र अन्य ६ जना घाइते भएका छन् ।

बिहीबार दिउँसो करीब २ बजे रत्न राजमार्ग स्थित भेरीगंगा नगरपालिका–३ सत्तरीमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको ना ४ ख ६२६३ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको मिनी ट्रक एक आपसमा ठोक्किएका थिए ।
बस र मिनी ट्रक ठोक्किँदा ट्रक चालक दैलेख गुराँस गाउँपालिका–१ बस्ने वर्ष ३१ का हिरा पुन मगरको मृत्यु भएको हो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्