दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटना

होस्ट खबर ३० फाल्गुन २०८०, बुधबार
0 Min Read
Aa

काठमाडौं : दाङबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । मंगलबार राति दाङको तुलसीपुरबाट काठमाडौंका लागि छुटेको प्र–३०१–००६ ख ०९७४ बस गढवा गाउँपालिका–१ स्थित कालाकाटेमा दुर्घटनामा परेको हो ।

लुम्बिनी प्रहरीका अनुसार दुर्घटनामा परेर तीनजना सामान्य घाइते भएको भए पनि ठूलो क्षति भएको दाङ प्रहरीले जनाएको छ ।

बस प्राविधिक कारणले अनियन्त्रित भएर रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्