काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दलले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको दाबी गरेका छन् । केहीबेर अघि कांग्रेसले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको समाचार बाहिरिएको थियो ।

सो सम्बन्धमा स्पष्ट पार्दै महामन्त्री शर्माले नयाँ गठबन्धनलाई संविधान रक्षा जनहितमा कार्य गर्न शुभकामना दिएका छन् । उनले नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भूमिका तयारीमा आफूहरु रहेको पनि खुलाएका छन् । उनले फेशुबकमा लेखेका छन् :
नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्यगर्न शुभकामना ‘नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भुमिका तयारीमा छौँ’ । हामीलाई केही पत्रकार मित्र सोधिरहनु भएको छ- के काँग्रेसले फलाना- लाई प्रधानमन्त्रीअफर गरेको हो ? स्पष्ट गरौं – कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन ! जय नेपाल












प्रतिक्रिया दिनुहोस्