काठमाडौँ : इसाई धर्मावलम्बीको पर्व क्रिसमस मनाउन मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले शनिवार एक विज्ञप्ति निकालेर क्रिसमस मनाउन गाउँपालिकाले पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएको जानकारी गराएको छ ।
यस अवधिमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्