दैलेखमा चट्याङमा परेर एकको मृत्यु, नौजना गम्भीर घाइते

होस्ट खबर २ आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

दैलेख : चट्याङमा परेर नौजना घाइते र एक जनाको मृत्यु भएको छ । दैलेख जिल्लाको महावु गाउँपालिका –३ बासी रिठ्ठामा परेको चट्याङमा परी नौ जना घाइते र एक जनाको उपचारको क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपक सिह बिष्टले चट्याङ लागेर १६ वर्षीय किशोर दाहालको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार महावु गाउँपालिका–३ का ५५ को लालबहादुर बिष्ट, वर्ष ३२ को नगेन्द्र बहादुर बिष्ट, १२ वर्षीय आसिस बिष्ट,वर्ष १३ को सन्दिप बुढा, वर्ष १७ को भरत नेपाली, वर्ष १६ को हर्क नेपाली, वर्ष नौ वर्षका रक्षा बिष्ट, वर्ष १३ को अभिषेक नेपाली, वर्ष १० को मनिषा बिष्ट घाइते रहेको र उनहरुको अवस्था गम्भीर रहेकोछ । महावु गाउँपालिका–३ बासीमा तीजको मेला हेरेर फर्कने क्रममा सल्लाको रुखमा परेको चट्याङ लागेर घाइते भएको बताइएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्