काठमाडौं : आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रत्यक्षतर्फ १ सय ६५ क्षेत्रमा २ हजार ५ सय ३१ जनाको उम्मेदवारी परेकोमा १ सय १९ जनाको उम्मेदवारी फिर्ता भएको प्रारम्भिक विवरण बुधबार रातिसम्म प्राप्त भएको हो ।
प्रतिनिधिसभातर्फ अब २ हजार १ सय ८७ पुरुष तथा २ सय २५ महिला उम्मेदवार गरी २ हजार ४ सय १२ उम्मेदवार कायम भएको छ ।
यसैगरी, प्रदेशसभातर्फ प्रत्यक्षतर्फको ३ सय ३० सिटका लागि ३ हजार ४ सय ८१ जनाको उम्मेदवारी परेकोमा २ सय ५७ जनाले फिर्ता गरेको आयोगले जनाएको छ ।
बुधबार बिहान १० देखि १ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय तोकिएको थियो । फिर्ता भएको संख्याअनुसार प्रतिनिधिसभातर्फ अब ३ हजार २ सय २४ को उम्मेदवारी कायम भएको छ ।
आयोगको प्रारम्भिक विवरणअनुसार प्रदेशसभातर्फ अब २ हजार ९ सय ४३ पुरुष तथा २ सय ८० महिला र एक अन्य उम्मेदवार कायम भएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा ५७ राजनीतिक दलका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभातर्फ भने दलको संख्या फरकफरक छ ।
आयोगले बुधबार नै १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ भने ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेको छ ।
निर्वाचनका लागि गत २३ असोजमा उम्मेदवार मनोनयनपत्र दर्ता भएको थियो । राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्