सुर्खेत : आइतबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीमा वहाव र जलस्तर बढ्दै पानीले खतारको सूचक पार गरेको छ । मौसाम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्व सूचना अनुसार बबइ नदीले खतराको सूचक पार गरेको हो ।
विभागले चेतावनी सूचकमा पानीको अवस्था पुगेको जनाएको छ । बबइ खोलामा पानीको सतह ५ दशमलव ५६ मिटर रहेको जनाएको छ । उक्त खोलामा ५ दशमलब ५० चेतावनीको विन्दू हो भने ६.१० मिटर खतराको सूची हो ।
जल तथा मौसम विज्ञान विभागकाअनुसार नदीमा बाढीले खतराको सूचक पार गरेसँगै बर्दिया जिल्लामा पर्ने तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
तटीय क्षेत्रमा बाढीको सूचना प्रवाह गर्दै विभागले सतर्क रहन भनेको हो। बिहान साढे ७ बजेको सूचना अनुसार बबई नदीको तटीय क्षेत्र रम्बापुर, रानीजरूवा आसपासका वासिन्दालाई सतर्क रहन भनिएको छ। अहिले पनि सो क्षेत्रमा भारी वर्षा भइरहेको छ।
बर्दिया जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै वर्षायामका बेला विशेषगरी बबई, कर्णाली, मानखोला, ओराही नदी तथा अन्य खोलानाला नजिकका बासिन्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । साथै नदीको बहाव आउने तल्लो तटीय क्षेत्रमा वर्षा तथा पानीको स्तर बढ्नासाथ सुरक्षित स्थानमा बस्न तथा आफ्ना वरपरका बासिन्दालाई समेत सचेत गराउन सूचनामा अनुरोध गरिएको छ ।
साथै नदीमा बगेर आउने काठ दाउरा संकलन र माछा मार्न समेत नदीमा नजान अनुरोध गरेको छ। विषम परिस्थितिमा आइपर्ने समस्याबाट जोगिनका लागि अफ्ठेरोमा परे जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, रेडक्रस र जिल्ला आपातकालीन कार्य सञ्चालन सम्पर्क गर्न अनुरोध गरिएको प्रशासन कार्यालयले जनाएको छ।
#AlertSMSBabai
भदौ १३,बिहान७:२०बजे
बबई नदी चेपाङ जलसतह खतरा तह पार गरेको र बढ्दो रहेको, जलाधारको तल्लो तटिय क्षेत्र रम्बापुर,रानीजरूवा आसपास बर्षा भईरहेकोले तटीय क्षेत्रमा जलसतह थप बढ्न सक्ने,बबई तटीय क्षेत्र र बर्दियाको डुबान भईरहने होचा स्थानमा २बजे सम्म सतर्क रहौ @NDRRMA_Nepal pic.twitter.com/U1BFDGZ84m
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 29, 2022
प्रतिक्रिया दिनुहोस्