काठमाडौं : सरकारले महंगी भत्ता वृद्धि गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा कर्मचारीको महंगी भत्ता ५ हजार पुर्याइएको हो ।

नयाँ बजेटमा तलब भने बढाइएन । यसअघि २ हजार रहँदै आएको महँगी भत्तामा अहिले ३ हजार वृद्धि गरिएको हो ।
यस्तै सरकारले ७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता दिने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत राज्यकोबाट वृद्ध नागरिकलाई ७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता दिने घोषणा गरेका हुन् ।












प्रतिक्रिया दिनुहोस्