सुर्खेत : शनिबार दिउँसो यार्सा सङ्कलन गर्ने समूह बिच डोल्पामा झडप भएको छ । डोल्पाको ठुली भेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका २ समूहबिच झडप भएको हो ।

पूर्वी रुकुम जिल्ला मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयहरू बिच यार्सागुम्बा सङ्कलनका क्रममा सीमा इलाकाको विषयमा विवाद भएर झडप भएको प्रहरीले जनाएको छ ।
अन्दाजी ६, ७ सय जनाको सङ्ख्यामा रहेकाहरूबिच झडप भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको टोलीले २ राउन्ड हवाई फायर गरेको समेत उनले बताए । अहिले त्यहाँको अवस्था सामान्य रहेको उनको भनाई छ ।












प्रतिक्रिया दिनुहोस्