भेरीगंगामा दिवा खाजा प्रयोग, सुरक्षा, भण्डारण, तयारी तालिम सम्पन्न

होस्ट खबर ७ जेष्ठ २०८२, बुधबार
1 Min Read
Aa

छिन्चु/ सुर्खेत : भेरीगंगा नगरपालिका अन्तरगत छिन्चुका विद्यालयहरुबाट संचालित हुने दिवा खाजा प्रयोग, सुरक्षा, भण्डारण र तयारी तालिम सम्पन्न भएको छ । एक दिने सो तालिम स्थानिय कृषि उपजमा आधारित विद्यालयहरु दिवा खाजा कार्यक्रम सम्पन्न भएको हो ।

भेरीगंगा नगरपालिका र विश्व खाद्य कार्यक्रम बीच भएको सम्झौता अनुरूप पालिकाका सामुदायिक विद्यालयहरुका दिवा खाजा भान्सेहरुका लागि दिवा खाजा प्रयोग, सुरक्षा, भण्डारण, तयारी तालिम सम्पन्न भएको हो । स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत सोमबार नगरपालिकाका दिवा खाजा व्यवस्थापन समितिको संयोजक तथा उपप्रमुख धनसरा बोहराको अध्यक्षता, नगर प्रमुख यज्ञप्रसाद ढकालको प्रमुख अतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोखरेल, शिक्षा शाखा प्रमुख गजेन्द्र जिसी तथा ५१ वटै सामुदायिक विद्यालयहरूका भान्छेहरूको उपस्थितिमा उक्त तालिम भएको हो । नगरका सामुदायिक विद्यालयका भान्छेहरूलाई खाद्यान्नको प्रयोग, सुरक्षा, भण्डारण तथा तयारी सम्बन्धी एक दिने तालिम कार्यक्रम भव्यताका साथ सम्पन्न भएको शिक्षा शाखा प्रमुख जिसीले जानकारी दिए ।

उक्त कार्यक्रमले अब सामुदायिक विद्यालयको दिवा खाजा सुधारमा विशेष योगदान पु¥याउने अपेक्षा गरिएको उहाँको भनाई छ । नगरका ५१ वटै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागु भएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्