काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शनिबार ९आज० भैरहवा ल्याइँदै छ । सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि शुक्रबार राति घरबाटै पक्राउ परेका उनलाई थुनामा पठाउन आज भैरहवा ल्याउन लागिएको हो ।

तत्कालीन गोर्खा मिडिया नेटवर्कमा प्रबन्धक निर्देशकसमेत रहेका सभापति लामिछानेलाई उच्च अदालत तुलसीपुर (बुटवल इजलास)ले शुक्रबार साँझ थुनामा पठाउने आदेश दिएको थियो ।
आज बिहान विमानमार्फत् लामिछानेलाई काठमाडौंबाट भैरहवा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उनलाई पुर्पक्षका लागि आज कारागारमा चलान गरिने छ ।
लामिछानेलाई शुक्रबार राति नै प्रहरीले निवासबाट पक्राउ गरेको थियो । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो ।
उक्त आदेश चित्त नबुझेको भन्दै लामिछाने साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च गएका थिए ।
सरकारी वकिलको कार्यालयसमेत धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालत गएको थियो ।
यही प्रकरणका आरोपित पूर्वडीआईजी छविलाल जोशीले समेत जिल्लाको आदेशविरुद्ध निवेदन दिएका थिए । जोशीलाई जिल्ला आदेशको आदेश सदर गरेको छ ।












प्रतिक्रिया दिनुहोस्