हतियार खोसेको फोटो खिचेको भन्दै प्रदर्शनकारीले पत्रकारको खुट्टा भाँचे

होस्ट खबर १५ चैत्र २०८१, शनिबार
0 Min Read
Aa

काठमाडौँ : प्रहरीको हतियार खोसेको प्रदर्शनकारीले फोटो खिचेका फोटो पत्रकारको खुट्टा भाँचिदिएका छन्। राजावादी प्रदर्शनकारीहरूले अनलाइन खबरका पत्रकार दिनेश गौतमको खुट्टा भाँचिदिएका हुन्।

गौतमका अनुसार उनले फोटो खिचेपछि किन फोटो खिचिदिएको भन्दै उनको खुट्टा भाँचिदिएका हुन्। प्रदर्शनकारीहरूले उनलाई सिआइडीको आरोप समेत लगाएका थिए।

शुक्रवार राजतन्त्रको माग गर्दै तीनकुनेमा राजावादीहरू प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शन हिंसात्मक हुँदा एक पत्रकार र एक प्रदर्शनकारी मारिएका थिए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्