काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सहकारीपीडितको रकम पीडकबाटै परिपूरण गराउनुपर्नेमा जोड दिएका छन् ।

बानेश्वरस्थित संसद् भवनमा बसेको सोमबारको बैठकमा सांसदहरूले सहकारीपीडितलाई दिनुपर्ने रकम धेरै परिमाणमा रहेको र राज्यले दिन नसक्ने अवस्था भएकाले सहकारीको रकम अपचलन गर्नेहरूबाटै भराउनुपर्ने माग गरेका हुन् ।
बैठकपछि संसदीय दलका मुख्य सचेतक श्यामकुमार घिमिरेले सोही भावनाअनुसार सहकारीसम्बन्धी अध्यादेश ल्याइएको जानकारी गराउँदै उक्त अध्यादेशले सहकारीपीडितका समस्या हल गर्ने विश्वास व्यक्त गरे ।












प्रतिक्रिया दिनुहोस्