दैलेखमा चट्याङ लागेर एक बालकको मृत्यु

होस्ट खबर १३ भाद्र २०८१, बिहीबार
1 Min Read
Aa

दैलेख : दैलेखमा चट्याङ लागेर दुई बर्षीय बालकको मृत्यु भएको छ ।

दैलेखको आठविस नगरपालिका–५ पिपलकोटका २ बर्षीय रोशन विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बुधबार दिउँसो घरमा बसिरहेको बेला चट्याङ लागेर बालकको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिए ।

चट्याङ लागेर रोशनकी ४० बर्षकी हजुरआमा कमला विष्ट घाईते भएकी छन् । यस्तै सोही ठाउँका प्रदीपबहादुर विक र वृष बहादुर मिजारको घरमा पनि चट्याङले सामान्य क्षति पु¥याएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्