नेपाली सेनाले माग्यो अधिकृत क्याडेट तर्फ २८० जनाको आवेदन

होस्ट खबर ७ भाद्र २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : नेपाली सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि दरखास्त आह्वान गरेको छ । सेनाले शुक्रबार एक विज्ञापन जारी गर्दै रिक्त अधिकृत (सहायक सेनानी–उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

माग अनुसार सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ वटा सिट छुट्याइएको छ। खुलातर्फ १४७, महिला २४, आदिवासी९जनजाती ३८, मधेशी ३३, दलित १८ र पिछडिएको क्षेत्रका ६ जनाको माग भएको छ। इच्छुक उम्मेदवारले असोज ५ गतेसम्म दरखास्त दिन सक्ने भर्ना छनौट निर्देशनालय जंगी अड्डाले जनाएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्