सुर्खेत गाडी दुर्घटना: सर्केगाड गाउँपालिका उपाध्यक्षको मृत्यु, २३ जना घाइते

होस्ट खबर ४ भाद्र २०८१, मंगलवार
1 Min Read
Aa

सुर्खेत : सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको छ ।

सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा उहाँ सख्त घाइते भएका थियो ।

नेपालगञ्ज मेडिकल कलेज भेरी अस्पतालमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए राति निधन भएको अस्पतालले जनाएको छ । ३९ वर्षीय कार्की नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट गत स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचत भएका थिए  ।

उपाध्यक्ष कार्की कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका पति हुन् । कार्की माओवादी केन्द्रको कर्णाली प्रदेश समिति सचिवालय सदस्य हुन् ।

फोर्स गाडी सडक छेउको नालामा खस्दा अन्य २३ जना घाइते भएका डीएसपी वीरेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्