सुर्खेत : शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्न गई कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अवरुद्ध भएको छ ।

कालिकोटको हुल्म बजार लगायतका तीन ठाउँमा पहिरोले अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सुर्खेत–जुम्लाका लागि छुटेको सवारी साधनहरू बिच बाटोमा रोकिएका छन् ।
बाटो खुलाउने प्रयास भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरबहादुर ओलीले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्