आज मन्त्रीहरूको राजीनामा बुझाउने तयारीमा रास्वपा

होस्ट खबर २१ असार २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले आज राजीनामा दिँदै छन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरूले राजीनामा बुझाउने जानकारी दिए ।

‘हिजो नै राजीनामा दिने सोचेका थियौँ तर पार्टी बैठकले सम्भव भएन । अहिले बिहान ८ बजे प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी छ,’ परियारले भने । बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरूले पनि सामूहिक राजीनामा बुझाएका थिए ।

नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ । प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरूले पनि सरकार छाड्न लागेका हुन् ।

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् । मङ्गलबार बसेको रास्वपाको पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनमा सरकारमा सहभागी नहुने निर्णय गरेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्