असार २२ मा पत्रकार महासंघको चुनाव

होस्ट खबर ९ असार २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौँ : नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गतेका लागि तय भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान तय गरिएको छ ।

उम्मेदवारको मनोनयन दर्ता नामावली प्रकाशन असार १३ गते गरिने छ । उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ । यस्तै असार १३ गते प्रकाशन गरिनेछ भने उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्