ग्यारेजमा मर्मत गर्न दिइएको गाडी साहुलाई थाहै नदिई बिक्री

होस्ट खबर ४ असार २०८१, सोमबार
1 Min Read
Aa

सुर्खेत : दुर्घटनामा परेपछि मर्मत गर्न दिइएको गाडी साहुलाई थाहै नदिई बिक्री गरेको पाइएको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका –२ खगेश्वर वान्तोलाको बा १९ च ७४२१ नम्बरको महँगो मुल्यको फचयुनर गाडी दुर्घटनामा प¥यो । त्यसपछि उक्त गाडीलाई मर्मत गर्ने भनेर कैलालीको धनगढी उपमहानगर–४ मा रहेको नेपाल अटो ट्रेडर्समा लगियो ।

ग्यारेजमा मर्मत गर्न दिएको गाडी ग्यारेजको साहुले गाडी साहुलाई पत्तै नदिई बिक्री गरिएको गाडीका साहु वान्तोला बताउँछन् । स्रोतका अनुसार उक्त गाडी भारततर्फ लगेर बिक्री गरिएको छ । गाडीको मुल्य २ करोड ३१ लाख रकम पर्छ ।
‘एकातिर गाडीको किस्ता तिनुपर्ने बाँकी छ, अर्कोतिर गाडी नै बिक्री भयो,’गाडी ग्यारेजका सञ्चालकले आफूखुसी गाडी बेचेको पाइएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ठगी सम्बन्धी मुद्दा दायर भएको छ ।

वान्तलाले नेपाल अटो ट्रेडर्सका सञ्चालक देव कुमारी गर्तौला, मिस्त्री मनु अन्सारीलाई ठगी कसुरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दिएका छन्। सुर्खेत प्रहरीले म्यानेजर चौधरी र मिस्त्री अन्सारीलाई पक्राउ गरेको छ । तर, संचालक देवकुमारी गर्तौला र उनका छोरा कृतन गर्तौला फरार छन्।

उनीहरूलाई प्रहरीले खोजीकार्य गरिरहेको छ । सुर्खेत प्रहरीले आइतबार सरकारी वकिलकोमा मुद्दा पठाईएको छ । स्रोतका अनुसार मिस्त्रीलाई फसाएर नेपाल अटो ट्रेडर्सका संचालक र मेनेजरलाई बचाउने चलखेल भएको बुझिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्