सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री कँडेलले मंगलबार मन्त्रिपरिषद् गठन गरेको बुधबार प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनामा उल्लेख छ ।

यसअघि उनकै दलबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका सांसद विनोदकुमार शाहले मन्त्रीको शपथ बहिष्कार गरेका थिए । मुख्यमन्त्री कँडेलले उक्त मन्त्रालय आफैसँग राखेका छन् ।
प्रदेशमा एमालेभित्र शाह र कँडेलबिच गुटबन्द्धीको राजनीति छ । वैशाख १८ गते कँडेलले एमालेबाट ३ र सत्तारुढ दल माओवादी केन्द्रबाट ३ गरी ६ जना मन्त्री नियुक्त गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्