कर्णालीमा हिउँदे अधिवेशनमा ११ वटा बैठक बसे पनि एउटै विधेयक पारित गर्न सकिएन

होस्ट खबर २७ बैशाख २०८१, बिहीबार
2 Min Read
Aa

सुर्खेत  : कर्णाली प्रदेश सभा अन्तर्गत तेस्रो अधिवेशनको हाजिरी हेर्दा सांसदहरू बैठकमा कमै मात्रमा गएका छन । ४० सदस्यीय प्रदेश सभामा १९ जना सांसदमात्रै हिउँदे अधिवेशनको सबै बैठकमा उपस्थित भएका थिए ।

एमाले संसदीय दलका नेता हालका मुख्यमन्त्री यामलाल कँडेल, जीत बहादुर मल्ल, शेर बहादुर बुढा, कलबहादुर हमाल हिउँदे अधिवेशनका सबै बैठकमा सहभागी भएका छन्।

साथै कांग्रेसबाट घनश्याम भण्डारी,कृष्णकुमार विसी,बेदराज सिंह, लक्ष्मी सुनार, वलिमाया बुढा, हिक्मत विष्ट र पूर्ण बहादुर खत्री, पनि हिउँदे अधिवेशनका ११ वटै बैठकमा उपस्थित रहेका हुन् ।

माओवादी केन्द्रबाट सांसद दुर्गबहादुर रावत, कृष्णकुमार जिसी मिलन खड्का रोका, रणसिंङ परियार, विन्दमान विष्ट र जुम्कित लामा कार्की, पनि प्रदेश सभाको ११ वटै बैठकमा उपस्थित रहेका हुन् ।

माओवादी केन्द्रका सांसद महेन्द्र केसी सबैभन्दा कम बैठकमा मात्र उपस्थित भएका छन भने उनी अहिले अर्थमन्त्री बनेका छन् ।

उनी फागुन र चैत महिनाको कुनै पनि बैठकमा उपस्थित भएनन र हिउँदे अधिवेशनमा जम्मा ४ वटा बैठकमा मात्र उपस्थित रहेका छन्।

एमाले प्रमुख सचेतक टेकराज पछाई भन्छन्, सांसदहरूले प्रतिबैठक १ हजार रुपैयाँ भत्ता पाउँछन । यो ११ बैठकमा उपस्थित सांसदको भत्तामा मात्रै ३ लाख ८४ हजार रुपैयाँ खर्च भएको छ । तर, यो अवधिमा एउटा पनि कानुन निर्माण भएको भने छैन ।

संसदमा कम उपस्थिति जनाएका कांग्रेस सांसद राजीव विक्रम शाह भन्छन् ‘संसदमा विजनेश नै हुँदैन, खाली हाजिर लगाउने काम मात्र हुन्छ । कि विजनेश दिनुपर्यो कि पोलिसीका विषयमा छलफल हुनुपर्यो, त्यो केही छैन ।’ खाली प्रदेश सभा बैठकमात्र बोलाएर औचित्य नहुने उनको तर्क छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array