आज संसद् भवन प्रवेश गर्दै सुहाङ, ११ बजे शपथ ग्रहण

होस्ट खबर २६ बैशाख २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं : गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् ।

सभामुख देवराज घिमिरेले अहिले बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँने कार्यक्रम रहेको छ । उनले सुहाङलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने छन्।

नेम्वाङ २७ हजार ७ सय ७२ मतसहित इलाम २ बाट विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array