जुम्लामा भीरबाट खसेर ७० वटा भेडा मरे

होस्ट खबर २५ बैशाख २०८१, मंगलवार
1 Min Read
Aa

सुर्खेत : जुम्लामा भीरबाट खसेर ७० वटा भेडा मरेका छन् । भेडाहरुको बथानमा भालु पसेपछि तर्सिएर भागेका भेडाहरु भीरबाट खसेर मरेका हुन् । भागेका एक सय दुई वटा भेडा भीरबाट खसेका थिए । जसमध्ये ७० भेडा मरेको जुम्ला तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमर रोकायाले जानकारी दिए ।

‘जुम्लाको तातोपानी गाउँपालिका– ७ बारागाउँको थुमलचौरमा गएराती अन्दाजी २ बजेतिर बसिरहेका भेडाहरुको बथानमा भालु पसेको थियो ।’ उनले भने, ‘बारागाउँका स्थानीय मगे रावत र सिउल रावतका १०२ वटा भेडामध्ये थुमलचौरको भीरबाट खसेर ७० भेडा मरेको भेटिएका छन् ।’

वडाध्यक्ष रोकायाका अनुसार ३१ भेडा बेपत्ता भएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array