उपनिर्वाचनः बझाङ प्रदेशसभा–१ (क)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

होस्ट खबर १७ बैशाख २०८१, सोमबार
1 Min Read
Aa

बझाङ :  बझाङ प्रदेशसभा–१(क) को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गरेका हुन् ।

भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे ।

यस्तै माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याएका छन् । 

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array