सुर्खेतमा सडेको अवस्थामा भेटिएको शवको पहिचान खुल्यो

होस्ट खबर १४ चैत्र २०८०, बुधबार
1 Min Read
Aa

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–१, को बांगेसिमल प्रहरी बिट भन्दा एक किलोमिटरको दुरीमा रहेको तारेभिरस्थित सुख्खा खोलामा सडेको अवस्थामा भेटिएको शव २७ वर्षीय सरस्वती सुनारको रहेको खुलेको हो ।

परिवारका अनुसार सुनार वीरेन्द्रनगर-१ बांगेशिमल सुर्खेत निवासी रहेको र गत पुसमा हराएकी थिइन् । परिवारले दिएको हुलियाअनुसार शवको पहिचान गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ । महिलाको शव सडिसकेको अवस्थामा खोला किनारामा घाँस दाउरा लिन गएकाले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array