आज वि.सं. २०८० साल चैत्र १४ गते बुधबारको राशिफल

होस्ट खबर १४ चैत्र २०८०, बुधबार
6 Min Read
Aa

सुर्खेत : श्री शाके १९४५ वि.सं. २०८० चैत्र १४ गते बुधबार इश्वी सन् २०२४ मार्च २७ तारीख चैत कृष्णपक्ष द्वितिया तिथी चित्रा नक्षत्र व्याघात योग गर करण चन्द्रमा तुला राशीमा आनन्दादि योगमा काल योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु॥ – ज्यो।पं सरोज घिमिरे

मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – जीवन साथीको सहयोगद्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहने छ। आज तपाईका नयाँ कार्य थालनीको सम्भावना रहेको छ। आज सभासम्मेलन जन्य कार्यमा सामान्य मान(सम्मान प्राप्तिको सम्भावना रहेको छ। आज तपाईको निर्णय गर्ने क्षमतामा बृद्धि हुने छ। आज तपाईका मनोरञ्जनका स्रोत र साधनका क्षेत्रमा सामान्य खर्च बढ्न सक्ने योक रहेको छ ।

बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईको सामाजिक कार्यमा सहभागिता जनाउने अवसर प्राप्त रहने छ। तपाईका प्रतिस्पर्धी जन्यकार्यमा विशेष सजग रहनु होला। आज सामान्य आर्थिक अभावको महसूस हुने छ। तपाईका परिवारका सदस्यहरुबाट टाढा भएको महसुस हुने छ। तपाईका कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले तपाईका दिन निरासा पुर्ण ब्यतित रहने छ ।

मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ। आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्ने छन्। तपाईका स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ। तपाईका नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ। बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाईदा हुनेछ ।

कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – तपाईका स्थिर क्षेत्रमा गरिएको लगानी उत्तम साबित रहनेछ। भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने छ। मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित हुने छ। आज तपाईका आम्दानी मध्यम रहने रहेको छ। तपाईका कार्यक्षेत्रमा शारीरिक आलस्यताले सताउन सक्नेछ ।

सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईका बल तथा प्रराक्रमका बृद्धि हुने योग रहेको छ। नयाँ मित्रजनहरु सगँको भेटघाटले तपाईको मन प्रशन्न रहने छ। तपाईले गरिरहेका हरेक कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धि हुने छ। तपाईद्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यक्तिहरुले प्राप्त गर्ने छन्। आज तपाईलाई शारीरिक आलस्यताले सताउन सक्ने छ। आज तपाईले लगानी गर्दा विशेष होस पुऱ्याउनु होला।

कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईका स्वास्थ्यका क्षेत्रमा सामान्य सुधारको योग रहेको छ। आज तपाईको भोज भतेरजन्य कार्यमा सहभागिताको समय रहेको छ। विश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्ने छ। बाणीमा मधुरता छाउनाले प्रतिस्पर्धी शुभचिन्तक बन्नेछन। भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ।

तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाइले गरिरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित हुने देखिन्छ। आज तपाईका पारीवारिक सहयोग प्राप्त रहने छ। अध्ययन अध्यापनमा समय उत्तम रहेको छ। तपाइको स्वास्थ्यको क्षेत्रमा सामान्य सुधारको योग रहेको छ । आज भोज भतेरजन्य कार्यमा सहभागिताको समय रहेको छ।

बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज तपाईका स्वास्थ्यमा सामान्य तनाव उत्पन्नहुन सक्ने छ। तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्ने छ। आज सामान्य यात्राको सम्भावना रहेको छ । आज मित्रजनहरुको सहयोग प्राप्त रहने छ। तपाईको मनको चञ्चलताले कार्य क्षेत्रमा ब्यबधान उत्पन्न हुने छ। तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्ने योक रहेको छ ।

धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज तपाईका बौद्धिक ब्यत्तित्वहरुको सहयोग प्राप्त हुने छ। तपाईका अध्ययन अध्यापनमा समय उत्तम रहेको छ। तपाईका आय आर्जनका निम्ति उत्तम समय रहेको छ। तपाईका आम्दानिका विभिन्न श्रोतहरु फेला पर्ने देखिन्छ। आज खानपानमा साबधानी अपनाउन राम्र हुने छ। आज मित्रजनहरुको सहयोग प्राप्त रहनेछ। सन्तान सनख प्राप्त हुने योग रहेको छ ।

मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज सामाजिक कार्यमा जुट्नेसमय रहेको छ। सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ति हुने देखमन्छ। आज मान्यजनहरुको स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्ने छ। आज सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला। आज खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ। आज अरुद्वारा गरिएका कार्य त्रुटीका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्ने छ। तपाईका कार्य क्षेत्रमा मन लागे पनी सामान्य ट्रुटीले मानसिक चिन्ता हुन सक्छ। आज तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्ने देखिन्छ ।

मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्ने छ। तपाईका मनमा सामान्य डर पैदा हुने साथै मनको चञ्चलताले बास गर्ने छ। आज मान्यजनको सहयोगले आम्दानिका क्षेत्रमा सहयोग पुग्ने देखिन्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array