दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

होस्ट खबर १३ चैत्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ : मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतबाट रिट जारी भएको छ । मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर मुद्दामा सर्वोच्चबाट रिट जारी भएको हो ।

न्यायाधीशहरू डा.कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याउको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंद्वारा बी एन्ड सी कलेजका तर्फबाट दायर गरेको रिट निवेदनमाथि निर्णय सुनाउने (निसु) गरी आजको मिति तोकेको थियो ।

यस अघि व्यवसायी प्रसाईँले झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट दायर गरेको रिटमा सर्वोच्च अदालतले अग्राधिकार प्रदान गरेको थियो ।

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट प्रसाईंले रिट दायर गरेका थिए । प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाण्डौ विश्वविद्यालय धुलिखेल काभ्रेपलाञ्चोकलगातलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array