एमाले सुर्खेतको नवौँ अधिवेशन आजबाट सुरु हुँदै

होस्ट खबर ८ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

सुर्खेत : नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको नवौँ जिल्ला अधिवेशन आज (बिहीबार) सुरु हुँदै छ । अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गर्नेछन् ।

अधिवेशनका लागि ‘दक्षिणपन्थी अवसरवाल र संगठनात्मक अराजकतालाई पराजित गरौँ, पार्टी शुद्धीकरण र सुदृढीकरणको पक्षमा नवौँ जिल्ला अधिवेशन सफल पारौँ’ भन्ने मूल नारा तय गरिएको छ ।

अधिवेशनको उद्घाटन वीरेन्द्रनगरको सिटी हलमा बिहान ११ बजेदेखि सुरू हुने एमाले स्थायी कमिटी सदस्य तथा सुर्खेत इन्चार्ज गोरखबहादुर बोगटीले जानकारी दिए ।

इन्चार्ज बोगटीका अनुसार ९ वटा स्थानीय तहअन्तर्गत भूगोल, समावेशी र पार्टीका विभिन्न जनवर्गीय संगठनबाट गरेर करिब सात सय ९५ जना प्रतिनिधि छनौट भएर आएका छन् ।

यस्तै, बुधबार बसेको एमाले जिल्ला कमिटी सर्खेतको सचिवालय बैठकले प्रतिनिधि तथा, राजनीतिक र आर्थिक प्रतिवेदन पास गरिसकेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array