आज वि.सं. २०८० साल फागुन २९ गते मंगलबारको राशिफल

होस्ट खबर २९ फाल्गुन २०८०, मंगलवार
6 Min Read
Aa

सुर्खेत : आज मिति वि.सं. २०८० फागुन २९ गते मंगलबार ई.सं. २०२४ मार्च १२ नेपाल सम्बत ११४४ चिल्लाथ्व द्धितीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण शुक्ल द्धितीया, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, शुक्ल योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०६:१६ बजे भयो भने सूर्यास्त साँझ ०६:१० बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक पक्ष सबल रहने तथा आश मारेको फल पुनः प्राप्त हुने योग छ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित होला । तर आजको दिन सवल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नुहोला । यात्रामा पनि सोचेजस्तो रमाइलो नहुन सक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने योग छ । यात्रापरक काम बन्नेछ भने रसरागमा आकर्षण रहनेछ । आफन्तको साथ मिल्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्ने तथा प्रयत्नले सार्थकता पाउने समय छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट अन्ततः लाभ नै पुग्नेछ । अध्ययन–अध्यापन कार्यमा सुधार आउला । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । कर्मबलका साथै आशा उत्साह बढ्नेछ । मान महत्त्वमा बढोत्तरी होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) दौडधुप बढ्नेछ । आजको दिन कामधन्दा र व्यवसायको चापले गर्दा दाम्पत्य तथा प्रेम सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति होला । केही चुनौती पनि सामना गर्नुपर्ला । व्यापार–व्यवसायमा लाभ नै हुनेछ । व्यावसाय विस्तारका लागि यात्राको सम्भावना पनि छ । समस्याको समाधान प्राप्त हुनेछ भने शत्रु पक्ष परास्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिणाममुखी काममा लगानीको समय छ । नचिताएको स्थानबाट धनागमन हुन सक्छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । सोख पूर्तिका लागि खर्च भने बढ्ने योग छ । दाम्पत्य सम्बन्धमा रमाउने तथा प्रेमको बन्धन कसिने बेला छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारिक सुख बढ्नेछ । आरोग्यता रहला । प्रेमभाव बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पराक्रम, उत्साह र आम्दानी बढ्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । नयाँ सवारीसाधन प्राप्तिको योग छ, प्रयत्न सार्थक रहला । आतिथ्यपूर्ण सम्मान पाइनेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । घरपरिवारबाट सुखशान्ति मिल्नेछ । आरोग्यता बढ्नेछ । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । पारिवारिक एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कृषिकर्म र व्यावसायिक कर्ममा केही चुनौतीको सामना गर्नुपरे पनि सोचेजस्तै सफलता मिल्नेछ । इर्ष्या गर्नेहरूले काममा बाधा पैदाको प्रयत्न गर्ने योग रहेकोले आफ्ना योजनाहरू गोप्य राखेर अघि बढ्नु हितकर होला । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । व्यस्तता वृद्धि हुनेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना रहेकोले सचेतना अपनाउनु हितकर होला । पठनपाठनसम्बन्धी कार्यमा राम्रै प्रगति हुनेछ । व्यापारलगायत आर्थिक कर्ममा राम्रै फाइदा हुनेछ । वादविवादको सामना गर्नुपर्ने योग छ । पराक्रम र आरोग्यता वृद्धि होला । कार्यमा सफलता प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि नै हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अधिकारप्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने समय छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पपुर्याउन सक्ने छैनन् । पहिलेको सम्झौताले भने अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । स्वास्थ्य सबल रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) बन्दव्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै रहला तथापि समय त्यत्ति बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । कमजोर मानसिकताले पछि परिएला । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ला । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । पुरानो गतिले काम बिग्रन सक्छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) परिवारमा पाहुनाको चाप बढ्न सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । आजको दिन स्वास्थ्यको विशेष ख्याल गर्नु हितकर होला । यात्रा सफल हुनेछ । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्