आज महाशिवरात्रि, शिवालयमा दर्शनार्थीको घुइँचो

होस्ट खबर २५ फाल्गुन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ : आज महाशिवरात्रि पर्व, पशुपति क्षेत्रसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वमा भगवान् शिवको पूजा/आराधना गरी देशभर मनाइँदैछ ।

आज पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा साधु सन्त एवम् भक्तजनहरूको भीड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ ।

बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति विकास कोषले जनाएको छ । पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधु सन्त र तीर्थयात्री आउने गरेका छन् । यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने कोषको अनुमान छ ।

पर्वलाई लक्षित गरी कोषले पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड(रक्सी तथा मासु पूणर्रूपमा निषेध गरेको छ । आज पशुपति क्षेत्रका लागि प्रहरीले विशेष सुरक्षा योजना बनाएर लागू गरेको छ भने पर्वकै लागि पशुपति क्षेत्र विकास कोषले करिब छ सय जना स्वयंसेवक परिचालन गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्