सुर्खेतको सिम्तामा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु, एक गम्भीर घाइते

होस्ट खबर १३ फाल्गुन २०८०, आईतवार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतको सिम्ताको जामुने बजारमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । सल्यानको सल्लीबजारबाट सुर्खेतको गोजी बजारतर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको भ १ त ४५ नम्बरको ट्याक्टर सिम्ता गाउँपालिका–६ जामुनेबजारमा एक आपसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

अर्का एक जना भने गम्भिर घाइते भएको अस्थायी प्रहरी पोष्ट बादेपिपल सुर्खेतले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल सवार वीरेन्द्रनगर–३ यरीचोकका २८ वर्षीय ई. विजय राना रहेको अस्थायी प्रहरी पोष्ट बादेपिपलका प्रहरी जवान वीरेन्द्र विकले जानकारी दिए ।

उनकाअनुसार मोटरसाइकल चालक वीरेन्द्रनगर–१ ढोडेखालीका २३ वर्षीय रुपेश गिरिको अवस्था गम्भिर रहेको र उपचारका लागि मेहलकुना अस्पतालमा ल्याइएको छ । ट्याक्टर चालक र साहूँ भने फरार रहेको प्रहरीले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्