जन्ती बोकेको जीप दुर्घटना: दुईको मृत्यु, १६ घाइते

होस्ट खबर ७ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचौरमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बरादी-हिलेखर्क स्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा १८ च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

जीप अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल खसेको थियो। दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्