आज वि.सं. २०८० साल फागुन ०५ गते शनिबारको राशिफल

होस्ट खबर ५ फाल्गुन २०८०, शनिबार
4 Min Read
Aa

सुर्खेत : वि.सं. फागुन ०५, २०८० । ई।सं। ज्ञठ ँभद, द्दण्द्दद्ध । शक संवत् १९४५ । नेपाल संवत् ११४४ सिल्लाथ्व । पिङ्गल उत्तरायण शिशिर । शनिबार माघ शुक्लपक्ष । तिथि अष्टमी १३स्१३ बजेसम्म, त्यसपछी नवमी । नक्षत्र कृत्तिका १३स्३६ बजेसम्म, त्यसपछी रोहिणी । योग ऐन्द्र १८स्१९ बजेसम्म, त्यसपछी वैधृति । करण वव १३स्१३ बजेसम्म, त्यसपछी वालव ००स्४४ बजेसम्म, त्यसपछी कौलव । चन्द्रराशि वृष । आनन्दादि योग ध्वज । दिनमान ११स्१३ । सूर्योदय ६स्४२ । सूर्यास्त १७स्५५ । शनिअष्टमीव्रतरगोरखकालीपूजा, भीष्माष्टमी । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । प्रशासनिक कार्यमा सफलता मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज यात्रा नगरेकै जाती हुन्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका हुने र अवसर गुम्न सक्नेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ कार्यको चर्चा चल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ । राजनीति तथा समाजसेवामा मन लाग्नेछ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आफ्नो कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र मनोबल उच्च रहनेछ ।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनसक्छ ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ, तर स्वास्थ्य प्रति सचेत रहनु पर्छ । नरमाइलो समाचार पनि सुनिएला ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाइनेछ । स्वास्थ्यमा सुधार आएपनि स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कुनै कारणले महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला र सानातिना समस्यामा अल्झनुपर्नेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज भाग्यले साथ दिनेछ । समाजसेवामा मन लाग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्