दुर्गा प्रसाईँको नेतृत्वमा आज काठमाडौँमा प्रदर्शन हुने

होस्ट खबर १ फाल्गुन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा काठमाडौँमा आज प्रदर्शन हुने भएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईँको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन हुन लागेको हो ।

राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाईँले प्रचार गरे पनि शाह नआउने भएका छन् । उनी सात दिनका लागि हिजो नै चितवन गइसकेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्