कालीकोटको डिभिजन वन कार्यालय कर्णालीकै नमुना

होस्ट खबर २६ माघ २०८०, शुक्रबार
1 Min Read
Aa

कालीकोट : डिभिजन वन कार्यालय कालीकोट कर्णालीकै नमुना कार्यालय बनेको छ। कर्णाली प्रदेश सरकारको माघ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोत्कृष्ट तथा नमुना कार्यालयका रुपमा घोषणा गरेको हो।

कर्णाली प्रदेशका १० वटै जिल्लाका डिभिजन वन कार्यालयमध्ये डिभिजन वन कार्यालय कालीकोट र डिभिजन वन कार्यालय हुम्ला छनोटमा परेका हुन्। निर्णय अनुसार कर्णाली प्रदेशका ११ वटा कार्यालय नमुना घोषित भएका छन्।

कामको उत्कृष्ट कार्य सम्पादन तथा प्रदेशका अन्य जिल्लाका कार्यालयभन्दा नमुना काम गरेको भन्दै नमुना कार्यालयका रूपमा घोषणा भएको कार्यालय प्रमुख रमेश गिरीले बताए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्