निमित्तको भरमा चल्छन् कर्णालीका आधा स्थानीय तह

होस्ट खबर १९ माघ २०८०, शुक्रबार
3 Min Read
Aa

सुर्खेत : भूगोलको हिसाबले ठूलो भए पनि सबैभन्दा कम प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रहेको कर्णाली प्रदेशमा ३८ वटा स्थानीय तह निमित्तको भरमा चलेका छन् । ७९ प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रहेको यस प्रदेशमा ४१ ठाउँमा मात्र पदपूर्ति भएको छ ।

यो प्रदेशमा महानगरपालिका र उपमहानगरपालिका छैनन् । २५ वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रहे पनि ६ ठाउँमा मात्र पदपूर्ति भएको छ भने १९ नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् । यो प्रदेशका गाउँपालिकामा ५४ प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी छ । तीमध्ये ३५ वटामा पदपूर्ति भएको छ भने १९ वटा पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका, मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका र आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् ।

यस्तै, सल्यानका चारवटा स्थानीय तहमा पनि प्रमुख प्रशासकीय अधिकृत छैनन् । जिल्लाको कुमाख गाउँपालिका, शारदा नगरपालिका, बागचौर नगरपालिका र वनगाड कुपिण्डे नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् ।

उता, दैलेखका चारवटा स्थानीय तह पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् । जिल्लाको गुराँस गाउँपालिका, चामुण्डा विन्दवासिनी नगरपालिका, दुल्लु नगरपालिका र आठबिस नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् ।

त्यस्तै, जाजरकोटका पाँच स्थानीय तह पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् । जिल्लाको जुनिचाँदे गाउँपालिका र शिवालय गाउँपालिका, भेरी नगरपालिका, नलगाड नगरपालिका र छेडागाडा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् ।

उता, डोल्पाका तीनवटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् । जिल्लाको जगदुल्ला गाउँपालिका र काइके गाउँपालिका र डोल्पाको ठूली भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् ।

त्यस्तै, मुगुका दुईवटा स्थानीय तह छायाँनाथ रारा नगरपालिका र सोरु गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् । उता, जुम्लाका चारवटा स्थानीय तह हिमा गाउँपालिका, गुठिचौर गाउँपालिका र पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् ।

न्चबmmबच क्अजययल्बिदष् िद्यबलप
यस्तै, कालीकोटका छवटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीयको भरमा चलेका छन् । जिल्लाको शुभकालिका गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका र तिलागुफा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका हुन् ।

उता हुम्लाका सातवटा स्थानीय तहमध्ये पाँचवटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् । जिल्लाका खार्पुनाथ गाउँपालिका, सर्केगाड गाउँपालिका, चंखेली गाउँपालिका, ताँजाकोट गाउँपालिका, अदानचुली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् ।

प्रदेशको सदरमुकामसमेत रहेको सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्