राष्ट्रियसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिने समय

होस्ट खबर २४ पुष २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज दाबी विरोध र उजुरी दिन समय तोकिएको छ ।

निर्वाचन आयोगका अनुसार आज दाबी विरोध र उजुरीको समय सकिएपछि पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुने कार्यसूची छ ।

आगामी माघ ११ गते कूल १९ सिटका हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि हिजो सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

सोमबार सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्