एमाले अध्यक्ष ओलीसँग भारतीय विदेशमन्त्री जयशंकरको भेटवार्ता

होस्ट खबर २० पुष २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री डा एस जयशङ्करबीच भेटवार्ता भएको छ ।आजमात्रै काठमाडौं ओर्लिएका विदेशमन्त्री जयशंकरको व्यस्त कार्यतालिका छ । उनीहरुबीच भएको भेटमा द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा छलफल भएको हो ।

ओलीसँगको भेटवार्ताबारे जयशंकरले सामाजिक सञ्जाल एक्समा ओलीसँग आज साँझ राम्रो भेटवार्ता भएको उल्लेख गरेका छन् । र, सो भेटवार्तामा नेपाल र भारतबीचका द्धिपक्षीय सहकार्यकारे छलफल भएको उनको भनाई छ ।

भारतीय विदेश मन्त्री डा जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आजै नेपाल आएका हुन् । उनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । उनी भ्रमण सम्पन्न गरी भोलि पुस २० गते स्वदेश फर्कने कार्यक्रम छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्