सरकारको एक वर्ष पुरा, प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

होस्ट खबर १० पुष २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । उनले आज बेलुका पाँच बजे सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । उनी गएको वर्ष पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । लगत्तै उनले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्