क्रिसमस मनाउन एक गाउँपालिकामा ३ दिन सार्वजनिक बिदा

होस्ट खबर ८ पुष २०८०, आईतवार
0 Min Read
Aa

काठमाडौँ : इसाई धर्मावलम्बीको पर्व क्रिसमस मनाउन मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले शनिवार एक विज्ञप्ति निकालेर क्रिसमस मनाउन गाउँपालिकाले पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएको जानकारी गराएको छ ।

यस अवधिमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्