धनुषामा बालिकाको नग्न अवस्थामा खाल्डोमा शव, बलात्कार गरी हत्या गरेको आशंका

होस्ट खबर २९ मंसिर २०८०, शुक्रबार
2 Min Read
Aa

जनकपुरधाम : धनुषमा २४ घण्टादेखि हराइरहेकी एक बालिकाको नग्न अवस्थामा शव फेला परेको छ । धनुषाको सबैला नगरपालिका २ कुसमहा सतोखरकी ६ वर्षीया बालिका रेखा यादवको नग्न अवस्थामा शव पानी जमेको खाल्डोमा फेला परेको हो ।

उनको शव नग्न अवस्थामा स्थानीय सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा बिहीबार राति ७ बजे फेला परेको हो । कपडा भने छेउमा फालिएको छ । सबैला नगरपालिकाका मेयर कारीराम यादवका अनुसार शवको प्रकृतिले कसैले जवरजस्ती करणी गरेरै मारेर फालेको जस्तो देखिएको छ । योनीबाट रगत पनि बगेकाले बलात्कार गरी हत्या गरेको हुन सक्ने अनुमान स्थानीयको छ । शवको प्रकृतिले घटना शंकास्पद देखिएको धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बताए ।

मेयर यादवका अनुसार छिमेकका एकजनाको मटकोरमा बुधबार राति सतोखर पोखरीमा बालिका रथमै चढेर आएकी थिइन् । त्यहाँ रथबाट २।३ जना युवकले उतारेका थिए । सबै घर फर्केपनि बालिका नफर्केपछि उनको खोजविन परिवारजनले गर्दै इलाका प्रहरी कार्यालय सबैलालाई दिएका थिए ।

खोजविनको क्रममा बालिकाके शव खेतमा खनेको खाल्डोमा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाईले जानकारी दिए ।
राति नै डगटोलिले घटनास्थलको अनुसन्धान गरेको छ । खाल्डोको पानी सुकाइएर अहिले घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिने प्रहरी निरीक्षक चौलागाइले बताए ।

बालिकालाई रथबाट उतार्ने सन्दिग्ध दुईजना युवकलाई प्रहरीले पक्राउ समेत गरेर अनुसन्धान गरिरहेको जनाएको छ । नाम भने उनीहरुको प्रहरीले सार्वजनिक गरेको छैन ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्