नेपालीलाई रुसी सेनामा पठाएको आरोपमा १२ जना पक्राउ

होस्ट खबर २० मंसिर २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ : रुस-युक्रेन युद्ध शुरु भएपछि नेपाली युवालाई प्रलोभनमा  पारेर रुसी सेनामा पठाएको आरोपमा नेपाल प्रहरीले १२ जनालई पक्राउ गरेको छ।
प्रहरीले दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए।

रुसीले सेनामा भर्ती भएका गोरखाका सन्दीप थपलिया, वाणगंगा–१ कपिलवस्तुका रूपक कार्की, पोखराका देवान राई, पुतलीबजार–५ स्याङ्जाका पितम कार्की, मेलुङ–६ दोलखाका राजकुमार रोका, इलाम–५ इलामका गंगाराज मोक्तानको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रूस–युक्रेन युद्धमा विवेक खत्री बन्धक बनेका छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्