पश्चिम नेपालमा हिमपात, चिसोले जनजीवन कष्टकर

होस्ट खबर १९ मंसिर २०८०, मंगलवार
1 Min Read
Aa

सुर्खेत : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा भारतीय राज्य उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

नेपालका पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आइतबार रातिदेखि नै हिमपात भएको छ । मनाङ, मुस्ताङ र हुम्ला जिल्लामा आइतबार रातिदेखि हिमपात भएको हो ।

हिमपातका कारण जनजीवन प्रभावित भएको छ। मुस्ताङमा यो सिजनकै पहिलो हिमपात भएको हो । हिमपातका कारण चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।

भूकम्प प्रभावित कर्णाली प्रदेशका जाजरकोट र रुकुम पश्चिम जिल्लामा पनि चिसो बढेको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै आएका भूकम्पपीडितको जनजीवन झन् कष्टकर बनेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्