सरकारको स्वामित्वमा आउन नदिन एनसेलमाथि चलखेल: सांसद डा. सिंह

होस्ट खबर १८ मंसिर २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं : स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारको स्वामित्वमा आउन नदिन एनसेलको शेयर बिक्री भएको दावी गरेका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेल गलत मनशाय राखेर खरिदबिक्री भएको दावी गरे।

एनसेल खरिद बिक्री यूकेमा गरेर नेपालमा तिनुपर्ने क्यापिटल गेन ट्याक्स छली गर्न खोजिएको उनको भनाइ छ। उनले एनसेलको शेयर ५० मिलियन डलरमा बिक्री भएको सत्य हो भने आफू ६० मिलियन डलर दिन तयार रहेको जिकिर गरे।

सिंहले एनसेलको शेयर बिक्रीमा नेपालका नेताहरुको पनि संलग्नता रहेको आरोप लगाउँदै नेताहरुलाई अर्बमा फाइदा भएपनि नेपाली जनतालाई भने खरबौं घाटा लागेको तर्क गरे। उनले एनसेल चार वर्षपछि नेपाली जनताको सम्पत्ति हुने बताउँदै अहिले भएको अपारदर्शी खरिद-बिक्री नेपाली जनताले सडकमा आएर रोक्नुपर्ने धारणा राखे।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्